श्रावण २०, डुम्रेबजार तनहुँ ।
तनहुँको चर्चित पर्यटकीय नगरी बन्दीपुरको गैरावारी र पारपानी क्षेत्रलाइ वर्षायामको पानी संकलन गरेर ताल निर्माण गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकमाझ उत्कृष्ट ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान बनाउन सफल बन्दीपुरमा अझै स्वाच्छ, सफा, सुन्दर, हरा भरा र मौलीक शहर बनाउने उदेश्यले स्थानीयस्तरबाट कृत्रिम ताल निर्माणको प्रयास थालिएको हो ।
यसलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट समेत सघाउने आश्वासन प्राप्त भएको ताल निमार्ण ब्यबस्स्थापन समितिले जनाएको छ ।
तत्कालीन उपराष्ट्रपति परमानन्द झाले शिलान्यास गरेको भए पनि काम अघि बढ्न नसकेको बन्दीपुर ३ पाखरपानीमा कृत्रिम ताल तथा पार्क समेत निर्माणका लागि विस्तृत सर्वेक्षण समेत सम्पन्न भैसकेको छ ।
करिब २० रोपनी जग्गामा निर्माण हुन लागेको तालसँगै आकर्षक पार्क समेत निर्माण गरेर पर्यटक भित्र्याउने लक्ष्य राखिएको ताल निर्माणमा सक्रिय तनहुँ उद्योग बाणिज्य संघ डुम्रेबजार इकाइका अध्यक्ष सुनिल श्रेष्ठले बताउनु भयो । बन्दीपुर आसपासका डाँडा र बजारका प्रत्येक घरबाट संकलित पानी तालमा मिसाउने योजना स्थानीयको छ ।
‘बन्दीपुरमा नयाँ पर्यटकीय आकर्षण थप्नका लागि नयाँ अवधारणा अघि बढाएका आयोजकले बताएको छ । कृत्रिम ताल बनाउन सकिएमा बन्दीपुरले अझ धेरै पर्यटकीय लाभ लिन सक्छ ।’ ताल र पार्कका लागि आवश्यक पर्ने करिब २० मध्ये सात रोपनी सरकारी जग्गामा तत्काल काम थालिनेछ । बाँकी निजी जग्गा दान तथा शेयरका रुपमा लिने उनले बताइएको छ ।
निजी क्षेत्रको प्रत्यक्ष सहभागीतामा निर्माण गर्न लागिएको तालका लागि बन्दीपुरका प्रत्येक नागरिकले शेयर खरिद गर्न सक्ने र त्यसको थालनी भैसकेको छ । जग्गाबाहेक तत्कालका लागि दुई करोड लागतमा तालको काम थालिने आयोजक ले बताको छ ।
बन्दीपुर नगरपालिकाका कार्यकारी अधिकृत न्यौपानेले बन्दीपुरमा ताल बनाउनका लागि नगरपालिकाले आन्तरिक श्रोत समेत परिचालन गर्ने बताउनुभयो ।