रेखा, नम्रता र प्रियंकालाई ब्युटिसियनको सम्मान

0

भाद्र ६, आईतवार
अभिनेत्री रेखा थापाले शनिबार छुट्टै खालको सरप्राइज पाइन् । ललित ब्यूटिसियन बहुउद्देशिय सहकारी संस्थाले आयोजना गरेको ‘तीज माइती मेला २०७२’ कार्यक्रममा रेखा सम्मान थाप्न गएकी थिइन् तर शनिबार नै जन्मदिन परेकी रेखालाई आयोजकले केक समेत काट्ने व्यवस्था गरिदिए । करिब ५ सय ब्युटिसियनका बीच रेखाले केक काट्दै आफ्नो जन्मदिन मनाइन् । अभिनेत्री थापाले केक काट्दै अन्य अभिनेत्री र उपस्थित पाहुनाहरुलाई खुवाइन् । शनिबारबाट ३२ बर्षमा प्रवेश गरेकी रेखाले सोही मन्चबाटै महिलाहरुलाई सशक्त बन्न अपिल गरिन् । रेखाको साथमा अभिनेत्रीद्धय प्रियंका कार्की र नम्रता श्रेष्ठलाई पनि ललित ब्युटिसियन सहकारी संस्थाले सम्मान गरेको थियो ।

समाजसेवामा योगदान पुर्‍याएको भन्दै हाँस्य जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई पनि संस्थाले सम्मान गर्यो । गायिका जुनु रिजालको साथमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरु पनि कार्यक्रममा सम्मानित भएका थिए । कार्यक्रमका प्रमुख अतिथी बाणिज्य तथा आपूर्ती मन्त्री सुनिल बहादुर थापाले सम्मानितहरूलाई सम्मान पत्र प्रदान गरेका थिए । ललित ब्युटसियन सहकारी संस्था ब्युटिसियनहरु मिलेर खोलिएको सहकारी हो । जसमा सयौ ब्युटिसियनरु आवद्ध छन् । यो सहकारीले विभिन्न समयमा सामाजिक सेवाको विविध कार्यक्रम गर्दै आएको छ ।

 

Leave A Reply