युनाइटेड मिडिया गु्रपद्धारा आज श्रावण २९ गते शनिबार बाट म्युजिक एफ.१०७ मेगाहर्ज प्रशारण आरम्भ

0

श्रावण २९ डुम्रेबजार तनहुँ

युनाइटेड मिडिया गु्रपले आजबाट अर्को दोश्रो फ्रिक्वन्सी बाट रेडियो संचालन मा ल्याएको छ । यस अघि नै युनाइटेड एफ.एम. प्रा.लि द्धारा एफ.एम.ब्यान्डको ९२.४ मेगाहर्ज बाट मध्य नेपालको करिव ३० जिल्ला का श्रोताहरु लाइ सुचना, समाचार र मनोरन्जन प्रदान गर्दै आएको यस एफ.एम.ले श्रोतालाइ संगित द्धारा थप मनोरन्जन प्रदान गर्ने उदेश्यले आज २०७३ श्रावण २९ गते शनिबार साँझ ५ः३१ बजेबाट गीत संगीत लाइ मात्र प्राथमिकता दिदै अल ओेभर मिडिया नेटर्वक द्धारा म्युजिक एफ.१०७ मेगाहर्ज प्रशारण सुरु गरिएको हो ।

इन्टरनेट अनलाइन बाट पनि म्युजिक एफ.लाइ संसार भर सुन्न सकिनेछ । त्यसको लागी www.unitedfm.com.np/musicfm साथै हाम्रो पात्रो बाट पनि सर्च गरि सुन्न सकिने छ । २४ सै घण्टा को प्रसारण अनुमती भएतापनी अहिले दैनिक १८ घण्टा रेडियो प्रसारण गर्ने र अगामी दिनमा २४ सै घण्टा रेडियो लाइ प्रसारण गर्ने युनाइटेड मिडिया गु्रपका स्टेसन म्यानेजर सागर गिरी ले बताउनुभयो ।

Leave A Reply