युएइ को शार्जाहमा नेपाली कलाकार समूह युएइको क्षेत्रीय समिती बिस्तार

0
युएइ ,मंसिर २०  -  सास्कृतिक सहरको विशेषताले चिनिएको युएइ को शार्जाहमा नेपाली कलाकार समूह युएइको क्षेत्रीय समिती बिस्तार गरिएको छ । “कला र सास्कृतिक को उत्थान,नेपालीको पहिचान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाली भाषा कला साहित्यको संरक्षण र सम्बर्धन गर्ने हेतुले ११ सेप्टेम्बर २०१५ शुक्रबारका दिन फुजैराहमा एक भब्य सांस्कृतिक कार्यक्रममा चर्चित नायिका रेखा थापा लगायत दर्जनौ राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारहरु र हजारौ गीत संगीत प्रेमीहरुको उपस्तिथिमा चर्चित नायक आर्यन सिग्देलले उद्घाटन गरेको समुहको दुबई, फुजेरा र डिब्बा क्षेत्रीय समिती यश अघि नै बिस्तार भैसकेका थिए । समितिमा अध्यक्ष पारस बिस्वकर्माको उपाध्यक्ष श्री विष्णुकान्त घिमिरे महासचिव श्री के.पी. लामगडे सचिव श्री अर्जुन न्यौपाने सहसचिब श्री उत्तम तामाङ कोषाध्यक्ष श्री तारा प्रसाद अर्याल सहकोषाध्यक्ष श्री सपना पुलामी मगर सांस्कृतिक संयोजक श्री सुनिता लामगडे सदस्य संयोजक श्री हिमकला लोहार सदस्यहरुमा श्री आस्था दास श्री हुमलाल पाण्डे श्री दिपेन्द्र गिरी श्री पुजा पुरी श्री मोकुल बर्देबा श्री रिमा सुनार श्री समर राना बरिष्ठ सल्लाहाकार श्री रोहित पुरी र सल्लाहाकारमा श्री कृष्ण भटराई रहेका छ्न । 
युएइ आएर विभिन्न पेशा र ब्यबसायमा आबद्द कलाकारितामा रुचि भएका नेपालीहरु सङ्गठित भइ नेपाली कलाकारिता क्षेत्रकोश्रीबृद्दीमा लागि परेको समुहका संरक्षक रतन थापाले जानकारी दिए । कार्यक्रममात्र दुबई क्षेत्रीय समितिका अध्यक्ष राम प्रशाद ढकाल, सदस्य दिपक ढकालको समेत उपस्थिति थियो । यस अघि डिब्बा समितिले बनभोज र दुबई समितिले अभिनेता भुवन केसी र नवनायक अनमोल केसीको उपस्थितिमा परिचयात्मक सांस्कृतिका कार्यक्रम सम्पन्न गरिसकेका छ्न ।

Leave A Reply