भारतमा शक्तिशाली भूकम्प, पाकिस्तान पनि हल्लियो

0

काठमाडौं, २५ साउन

भारतमा सोमबार शक्तिशाली भूकम्प गएको छ । सोमबार दिउँसो ३ बजेर ४८ मिनेटमा भारतको राजधानी दिल्ली, पञ्जाबसहित उत्तर भारतमा ६.२ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पको ठूलो धक्कापछि मानिसहरु आत्तिएर सडक र खाली चौरमा निस्केका छन् । यो भूकम्पको धक्का हिमाञ्चल प्रदेश, हरियाणा, पंजाब र श्रीनगरसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तान र अफगानिस्तानको सीमाक्षेत्र हिन्दूकुशको पहाडी क्षेत्र भूकम्पको केन्द्रविन्दु रहेको छ । भूकम्पले पाकिस्तान पनि हल्लिएको छ । अफगानस्थानमा पनि धक्का महसुस गरिएको समाचारमा जनाइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउँन बाँकी छ ।

Source :Dainik Nepal

Leave A Reply