बार्सिलोनाको विजयी सुरुवात, रियल बराबरीमा रोकियो

0

भदौ ७ – शनिबारदेखि सुरु स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले एथ्लेटिको विल्वाओलाई १–० ले पराजित गरेको हो । पहिलो हाफको ३१ औं मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सि गोल गर्न चुकेपनि दोश्रो हाफको छैटौं मिनेटमा लुइस सोरेजले निर्णायक गोल गरेका थिए । जितपछि बार्सिलनो १ खेलमा ३ अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै उपाधिको अर्को दाबेदार रियल म्याड्रिड भने पहिलो खेलमा नै बराबरीमा रोकिएको छ । आइतबार राती नै भएको खेलमा रियल स्पोटिङ गिजोनसँग गोलरहित बराबरीमा रोकिएको हो । रोफेल बेनिटेजले क्लब सम्हालेयता पहिलो खेलमै बराबरीमा रोकिएको रियल १ अंकका साथ सातौ स्थानमा रहेको छ ।

Leave A Reply