प्यूठानमा गाडी दुर्घटना, ४ जनाको मृत्यु

0

प्यूठान, साउन २५ –प्यूठानमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्य भएको छ  । सदरमुकाम खलंगाबाट सौतामारेका लागि छुटेको ना ३ ख ८३८३ नम्बरको गाडी खलंगा नगरपालीकाको सैनिक ब्यारेक नजिकै सडकबाट तल खोँचमा खस्दा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २३ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ । सडकबाट १ सय मिटर तल अप्ठ्यारो ठाउँमा खसेको र उद्धारको काम भैरहेको प्रहरीले जनाएको छ । ज्यान जानेको संख्या अझै बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ । गाडीमा कती जना मानिस थिए भन्ने खुलेको छैन ।

Leave A Reply