नाइजेरियाको व्यस्त बजारमा बम विस्फोट हुँदा ४७ जनाको मृत्यु

0

साउन २७
अफ्रिकी देश नाइजेरियाको एक व्यस्त बजारमा भएको बम बिस्फोटनमा परी कम्तिमा ४७ जनाको ज्यान गएको छ । नाइजेरियाको उत्तर पूर्वी बोर्नो प्रान्तको साबोनमा भएको बम बिस्फोटनमा अन्य ५२ जना घाइते भएका छन् ।
स्थानीय समय अनुसार दिउँसोको समयमा साबोन नगरको पुशपक्षी बजारमा बम विस्फोटन भएको थियो । नाइजेरियामा बिद्रोही संगठन बोको हराम सक्रिय रहदै आएको छ । गएको मे महिना यतामात्रै यस्तै खालका हिंशात्मक आक्रमणमा परी ८ सय भन्दा धेरैको जनााको ज्यान गैसकेको छ । नाइजेरियामा हिंशात्मक गतिविधि गर्दै आएको बोको हरामले पछिल्लो समय क्यामरुन तथा चाडमा पनि आक्रमण गर्न थालेको छ ।

Leave A Reply