तेस्रो साफ च्याम्पियन स् नेपाल माल्दिभ्ससँग भिड्द

0
काठमाडौँ, २५ साउन

बङ्गलादेशमा आयोजित सोह्र वर्षमुनि उमेर समूहकोे तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले आज माल्दिभ्स संग भिड्दै उद्घाटन गर्दैछ ।
बङ्गादेशको सिल्हेटमा हिजो देखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालले आज विजय लक्ष्यका साथ माल्दिभ्सको समाना गर्दै मैदानमा उत्रन लागेको हो ।
विभिन्न छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’मा परेको छ । समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै, समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

Leave A Reply