तेश्रो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०७३ को तयारी तिब्र

0

तनहुँ, मंसिर १३ , तनहुँको पर्यटकीय नगरी बन्दिपुर र डुम्रेको पर्यटकीय तथा व्यापारीक सम्भावनाको प्रचारप्रसार र प्रर्बद्धनका लागि व्यापारिक सांस्कृतिक पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा भन्ने मुल नाराको साथ यहि मंसिर २४ गतेदेखी पौष ४ गते सम्म हुन गइरहेको तेश्रो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०७३ को तयारी तिब्र पारिएको आयोजक तनहुँ उद्योग बाणिज्य संघ डुम्रेबजार इकाइ ले जनाएको छ ।

महोत्वसव तयारीको जानकारी दिनको लागी सोमबार दमौली मा पत्रकार सम्मेलन गरि महोत्सव को बारेमा जानकारी गराइएको थियो । महोत्सव आयोजक मुल समारोह समितिका संयोजक सुनिल श्रेष्ठको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा  तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डित, समितिका  निर्देशक घनश्याम श्रेष्ठ, प्रवक्ता राजेन्द्र पिया, सचिवालय संयोजक राजु खड्गी पत्रकार महासंघ तनहुँका अध्यक्ष डम्वर अधिकारी लगायतले महोत्सव सफल पार्न सबैजना एक ढिक्का भएर लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।

धार्मिक सांस्कृतिक एवम् ऐतिहासीक महत्वको वस्तु, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवद्र्धन ,पर्यटकीय स्थलको प्रचार प्रसार तथा इकाइको भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा खानाको स्टल १० वटा, कृषि उत्पादन बिक्रीका स्टल ५ वटा,सुचना केन्द्रको स्टल १ वटा, प्राथमिक उपचार केन्द्रको स्टल १ वटा, विभिन्न व्यापारीक सामाग्रीको स्टल ६४ वटा, घरेलु तथा हस्तकलाको स्टल ५ वटा, सेवा मुलक संघ संस्थाको स्टल ५ वटा र कम्प्युटर संचार एव अन्य स्टल ५ वटा गरी १०० वटा स्टलहरु रहने आयोजकले जनाएको छ ।

यस्तै, महोत्सवमा साँस्कृतिक प्रदर्शनी, धार्मिक एव एतीहासिक स्थलहरुको प्रवद्धनको लागी आदिकवी भानुभक्तको जन्मस्थल चुँदी रम्घा, तनहुँसुर बन्दिपुर छिम्केश्वरी अकला मन्दिर बन्दिपुर स्थित थानिमाइ मन्दिर आँदिमुल, बन्दिपुर स्थित खडगमाइ जस्ता धार्मीक एव स्थलहरुको अवलोकन पहाडकी रानी बन्दिपुरको भ्रमण, भिमसेन ढुंगा, दक्षिण एसियाकै सबैभन्दा ठूलो सिद्धगुफाको अवलोकन पनि गराइने बताइएको छ । महोत्सवमा बन्दिपुरको गुरुङचेडाँडाबाट प्याराग्लाईडिङ, हेलीकप्टरबाट मनाङ र लमजुङको घलेगाउँमा टुर को ब्यबस्थापनि गरिने भएको छ ।

महोत्सवको सह आयोजकमा बन्दिपुर नगरपालिका, संरक्षकमा तनहुँ उद्योग बाणिज्य संघ मुख्य सहयोगीमा तनहुँ उद्योग बाणिज्य संघ बन्दिपुर बजार इकाइ, भन्सार बजार इकाइ, बिमल नगर बजार इकाइ, लगायत भानु नगरपालिका, आदिबासी जनजाती महासंघ, बन्दिपुर नगर परिषद, डुम्रे साँस्कृतिक युवा परिवार, हरिहर महिला समुह, शिवालय आमा समुह र प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग बाणिज्य महासंघ रहेका छन् ।महोत्सवमा तनहुँ तथा आसपासका २ लाख भन्दा बढी दर्शकले अवलोकन गर्नुको साथै २ करोड आर्थिक कारोबार गरी २० लाख रुपैया नाफा गर्ने आयोजक ले जनाएको छ ।

Leave A Reply