डुम्रे बजारमा पोखरा फाइनान्स लिमिटेडको नयाँ शाखा सञ्चालनमा

0

डुम्रेबजार तनहुँ, २३ असार

पोखरा न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले तनहृ्ंको डुम्रे बजारमा थप नयां शाखाको समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । चुक्ता पृ्ंजी रु. ४९.११ करोड रहेको यस वित्तीय संस्थाको डुम्रे शाखाको समुद्घाटन तनहृ्ं उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्णराज पण्डितज्यृ् एवं संस्थाका अध्यक्ष श्री भुवनसिं गुरुङज्यृ्द्वारा संयुक्त रुपमा रिवन काटी सम्पन्न गरिएको छ । समुद्घाटन समारोहमा वित्तीय संस्थाको शाखाबाट यस क्षेत्रका उद्योग, व्यवसायी एवं कृषकहरु समेत लाभान्वित भई सबैको आर्थिक विकास हुनुका साथसाथै प्रायः सबै किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गरिने र नेपाल राष्ट् बैंकबाट आ.व. २०७३र ७४ भित्र कायम गर्नुपर्ने चुक्ता पृ्ंजी रु. ८० करोड समेत संस्थाले कायम गर्ने जानकारी संस्थाका कार्यकारी प्रमुख श्री राजकुमार गुरुङद्वारा सम्बोधनको क्रममा व्यक्त गर्नु भएको थियो । साथै, संस्थाको हाल काठमाण्डौं तथा पोखरामा शाखा सञ्जाल रहेको र निक्षेप रु ३ अर्व ५ करोड संकलन भई कर्जा रु. २ अर्व ६५ करोड कायम गर्न सफल भएको जानकारी गराउनुभयो ।

Leave A Reply