डुम्रेमा मङगलबार बिहानै ट्रक र जीप ठोक्कीदा ६ जना घाइते

0

असार २८ डुम्रेबजार तनहुँ

मङगलबार बिहान तनहुँको बन्दिपुर नगरपालिका १ डुम्रेबजार मा ट्रक र जीप ठोक्कीदा ६ जना घाइते भएका छन् ।
मुग्लिन बाट पोखरा तर्फ जाँदै गरेको ना ६ख ५३७६ नं। को ट्रक र डुम्रे बेशीशहर सडक खण्डबाट डुम्रे तर्फ आइरहेको ग १ ज ५७५३ न। को जीप आज बिहान ७ः३० बजे डुम्रेबजार चोक मा ठोक्किदा रोल्पा घर भएका २५ बर्षका श्यासर बिक ,तनहुँ भानु २ अम्बोटे घर भएका बर्ष ६० तुलाराम गुरुङ, त्यस्तै तनहुँ भानु १ का बर्ष १६ का निशान गान्धारी पुर्कोट ३ बस्ने २८ बर्षकी कमला श्रेष्ठ पुर्कोट ३ नै बस्ने ७२ बर्षका सन्तमान श्रेष्ठ र पुर्कोट ३नै बस्ने बर्ष ६५ की मैना अधिकार िरहेको इलाका प्रहरी कार्यलय भानुमुकाम डुम्रेले बताएको छ ।
घाइते हुने मध्ये ३ जनाको लक्ष्मी हस्पिटल डुम्रेमा सामान्य उपचार पछि थप उपचारको लागी पोखरा रिफर गरिएको छ । अन्य २ जनााको लक्ष्मी अष्पताल डुम्रेमा उपचार भइरहेको छ । एक जना भने सामान्य उपचार पछि भर फर्किसकेका छन्
ट्रक र जिप साथै चालकलाइ इलाका प्रहरी कार्यलय भानुमुकाम डुम्रेले नियन्त्रणमा लिइएको छ ।

Leave A Reply