डुम्रेबजारमा सार्वजनीक शौचालय निर्माण

0

डुम्रेबजार ४ श्रावण ।

तनहुँको बन्दिपुर नगरपालिका स्थित डुम्रेबजारमा सार्वजनीक शौचालय निर्माण पछि उदघाटन कार्यक्रम सम्पन्न भएको छ । यसअघि नै २२ लाख ४७ हजार ४ सय ९३ मा निमाण भइसकेको २ तले पक्की घरको अन्डर ग्राउनडमा सार्वजनीक शौचालय निर्माण गरिएको हो । महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण भएको छ । सार्वजनीक शौचालयको बन्दिपुर नगरपालिकाका अधिकृत लेखनाथ न्यौपाने ले उद्घघाटन गर्नुभएको थियो ।
बन्दिपुर नगरपालिकाबाट आर्थिक बर्ष २०६८।०६९ मा १ लाख ८८ हजार, ०७१।७२ मा जिल्ला खानेपानी तथा सरसपाई कार्यलय बाट १ लाख ५० हजार, ०७२।७३ मा बन्दिपुर नगरपालिकाबाट ६८ हजार ४ सय ७५, त्यस्तै जिल्ला बिकाश समितिबाट १ लाख ४१ ह्जार ७ सय ८५, ०७३।७४ मा बन्दिपुर नगरपालिका बाट १ लाख ४६ हजार ५६, भवनको २ ओटा सटर भाडा प्रायोजन अग्रिम धरौटी बापत ६ लाख, त्यसैगरी ३१ महिनाको भाडा बापत रु ६ लाख ४८ हजार गरि कुल १९ लाख ४२ हजार ३१६ संकलन भएको डुम्रे सार्वजनीक शौचालय का अध्यक्ष राजकपुर ले जानकारी दिनुभयो ।
शौचालय निर्माण समितिका अध्यक्ष राजकपुर पियाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा बन्दिपुर नगरपालिकाकाक कार्यकारी अधिकृत लेखनाथ न्यौपाने प्रमुख अतिथी रहनुभएको थियो ।यस्तै कार्यक्रममा माओबादी केन्द्रका घनश्याम श्रेष्ठ, नेपाली कांग्रेसका रामचन्द्र अधिकारी ,नेकपा एमालेका इन्द्र कुवंर,नेकपा माओबादीका सुनदरलाल श्रेष्ठ ,डुम्रे भन्सार शहरी बिकाश का अध्यक्ष मानकाजी श्रेष्ठ,लगायतले डुम्रे बजार क्षेत्रका शौचालय निर्माण भएको खुसी ब्यक्त गर्दै बजार तथा फोहर ब्यबस्थापन लाइ सबैले हातेमालो गर्दै अगाडी बढ्न जोड दिनुभएको थियो ।

Leave A Reply