जर्मन फुटबल क्लबको गाडीमा गोली प्रहार

0

साउन २५ – जमर्न फुटबल क्लबको गाडीमा गोली प्रहार भएको छ । जर्मनीको बुन्डेस लिगा क्लब हर्था बर्र्लिनको गाडीमा उत्तर पश्चिमी जर्मनीको बिलेफेल्डमा गोली प्रहार भएको हो । खेलाडी बोक्ने गाडीमा मोटरसाइलकमा आएका एक व्यक्तिले गोली हानेको क्लबले जनाएको छ ।
जर्मन कपमा सहभागी हुन बिलेफेल्ड गएका खेलाडीलाई स्टेडियमबाट होटल ल्याउन गएको गाडीमा गोली हानिएको क्लबले जानकारी दिएको छ । हर्थाले सोमबार राति जर्मन कपको पहिलो चरणको खेलमा जर्मनीको सेकेण्ड डिभिजन क्लब अर्मेनियन बिलेफेल्डसँग खेल्दैछ । गोली हानिएका बेला गाडीमा खेलाडी थिएनन्, ड्राइभर मात्रै थिए । घटनामा कोही पनि घाइते भएका छैनन् । मोटरसाइकलमा आएका व्यक्तिले पहिले ओभरटेक गरेर गाडीका ड्राइभरलाई चेतावनी दिएको र त्यसपछि गोली हानेको क्लबले जनाएको छ । गाली हान्ने व्यक्तिको खोजी भैरहेको छ । गाडीको अघिल्लो भागको सिसामा गोली लागेको छ ।

– एजेन्सीको सहयोगमा

Leave A Reply