गोरखामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

0

गोरखा, असार २१-उत्तरी गोरखाको केरौंजामा गएको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । केरौंजा–३ फलिङपु भन्ने ठाउँमा खसेको पहिरोले पुरिएर मंगलबार बिहान केरौंजा–४ का १५ वर्षका सन्देश घले केरौंजा–४ कै ३० वर्षकी चीनमाया गुरुङ र ४५ वर्षकी कान्छीमाया गुरुङको पनि शव निकालिएको प्रहरी उपरीक्षक जनकराज पाण्डे ले बताउनुभयो ।

यस्तै ४० वर्षका पुङगे गुरुङ, ४० वर्षकै उकाल गुरुङ र १२ वर्षका सुकराम घले भाइते भएका छन् । घाइतेक हरुको गुम्दा गाविसको माछाखोलास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।माछिखोला प्रहरी चौकीका प्रहरी र स्थानीयबासीले घाइते र मृतकको उद्दार गरेका छन् । केही दिन अघि मात्रै पहिरोका कारण केरौंजा गाउँका अघिकांश बासिन्दा बिस्थापित भएका थिए । गत वर्ष बैशाख १२ को भूकम्पलगत्तै केरौंजामा पहिरो जाने क्रम सुरु भएको थियो ।

Leave A Reply